नयाँ भवनमा महिला तथा बालबालिका सेवा केन्द्र

बलराम घिमिरे

रसुवा — महिला तथा वालवालिका सेवा केन्द्र रसुवाले सोमबारबाट नयाँ भवन पाएको छ ।  भवन अभावमा महिला तथा बालबालिका सेवा केन्द्र टेन्टबाट सञ्चालन हुँदै आएको थियो ।

नयाँ भवनमा महिला तथा बालबालिका सेवा केन्द्र

आधुनिक नयाँ भवन निर्माण भए सँगै हिंसामा परेका पीडित महिलाहरुलाई बस्नको लागि सहज हुने भएको छ ।


हिंसामा परेका पीडित महिलाहरुलाई राख्न अहिलेसम्म रसुवा जिल्लामा भवन बनेको थिएन । एसियाली विकास बैंक (एडीबी) र नेपाल सरकारको संयुक्त लगानीमा आधुनिक भवन निर्माण गरिएको हो ।


१ करोड ४३ लाख ८८ हजार ४९ को लागतमा भवन निर्माण सम्पन्न भएको हो । हिंसामा परेर परिवारसँग अलग रहेको महिलाहरु पुर्नस्थापीत नहुनजेल सम्म आश्रय दिएर राख्नका लागि भवन निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए ।


नवनिर्मित भवनमा सुत्ने कोठा, भान्सा कोठा, डाइनिङ हल, तालिम हल, कुरुवा कक्ष, स्टाफ कक्ष, शौचालय लगायतका सुविधा सम्पन्न १४ वटा कोठाहरु रहेका छन् ।

प्रकाशित : असार ११, २०७५ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?