अवरुद्ध सडक खुल्यो 

बलराम घिमिरे

रसुवा — पहिरोको कारण बुधबार साँझदेखि अवरुद्ध रहेको पासाङ ल्हामुर्माग सञ्चालनमा आएको छ । 

अवरुद्ध सडक खुल्यो 

कालिका गाउँपालिका–१ राम्चेमा बुधबार साँझ पहिरो जाँदा पासाङ ल्हामुमार्ग अवरुद्ध भएको थियो । पहिरो हटाएपछि बिहीबार दिउँसोबाट पासाङ ल्हामुर्मागमा यातायात सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।


बुधबार साँझ सडक माथिबाट आएको पहिरोले ना ६ ख ७५९० नम्बरको कन्टेनर र बा १२ च २७३५ नम्बरको बोलेरो गाडीमा क्षति पुर्‍याएको थियो ।


पहिरो गएसँगै राजमार्ग अवरुद्ध भएपछि केरुङबाट सामान बोकेर काठमाडौंतर्फ जाने कन्टेनर र काठमाडौंबाट आउने सवारी साधन बाटैमा रोकिएका थिए ।

प्रकाशित : असार १४, २०७५ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?