३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

छोरीको हत्या आरोपमा आमा पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले एक महिलालाई छोरीको हत्या गरेको आरोपमा सोधपुछ गर्न नियन्त्रणमा लिएको छ ।

छोरीको हत्या आरोपमा आमा पक्राउ

प्रहरीले कालिका नगरपालिका-६ सुर्यपुर सुन्दरवस्तीकी ३५ वर्षीया शोभा परियारलाई नियन्त्रणमा लिएको हो ।

शोभाकी १४ वर्षीया छोरी ममताको शव असार ८ गते घाँटीमा सलको पासो लगाई पंखामा झुण्डिएको अवस्थामा आफ्नै घरमा भेटिएको थियो ।


ममताले आत्माहत्या गरेको नभएर आमाले हत्या गरेको स्थानीयले आरोप लगाउदै आएका छन् ।

बिहीबार स्थानीले घर अगाडि नै प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय रत्ननगरले शोभालाई नियन्त्रणमा लिएको हो । शवको पोष्टमार्टम गरेर असार ९ गते नै अन्तिम संसार भइसकेको थियो ।


इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले भने,'त्यो बेला आत्महत्या भन्ने कुरा थियो । अहिले हत्या भएको हो भन्ने आशंका उब्जेको छ । सोधपुछ गर्नका लागि आमा शोभालाई नियन्त्रणमा लिएका हौँ । अनुसन्धानपछि नै अन्य कुरा पत्ता लाग्ला । अहिले केही भन्न सकिन्नँ । '

प्रकाशित : असार १४, २०७५ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?