१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

यात्रुलाई सधैं सास्ती

मेलम्ची सडक
अनिश तिवारी

सिन्धुपाल्चोक — जिल्लाको पश्चिम भेगको प्रमुख प्रवेशद्वारको रूपमा परिचित जिरोकिलो (मेलम्ची २२ किमि सडकको अधिकांश खण्ड ठूला–ठूला खाल्डामा परिणत भएको छ । सडकको कतिपय खण्ड पानीको पोखरीमा परिणत भएको छ । सयौं यात्रु कष्टकर यात्रा गर्न विवश छन् । बर्षात्ले यात्रुको सास्ती दिनैपिच्छे झन्–झन् बढै गएको छ ।

यात्रुलाई सधैं सास्ती

मेलम्ची खानेपानी आयोजनाको प्रमेुख प्रवेशमार्गसमेत रहेको उक्त सडक जीर्ण भएको दस वर्ष बित्न लागे पनि यात्रुको दु:ख भने हटेको छैन । मेलम्चीले कालोपत्र गर्दागर्दै भत्केको सडकमा दैनिक ८ सयभन्दा बढी सवारीसाधन आवतजावत गर्छन् । टिपर मात्रै ५ सयभन्दा बढी सञ्चालन हुन्छन् ।

एकातिर यात्रु बसले उचालेर घाइते भइएला भन्ने चिन्ता, अर्कोतिर टिपरको आतंकै छ,‘ जिरोकिलोका स्थानीय शंकर श्रेष्ठले भने, ‘सडकको जीर्ण अवस्थाप्रति सरकारी निकायले कहिल्यै चिन्ता गरेन । यो सडकको यात्राले चालक र यात्रुलाई साह्रै पीडा दिने गरेको छ, उनी भन्छन्, ‘गाडीले उचाल्ने–पछार्ने गर्छ, यात्रा नगरी
सुख छैन ।’

हिउँदमा चुपचाप सरकारी निकाय वर्षात लागेपछि तात्छ, पाँचखालका ईश्वर दनुवारले गुनासो गरे, ‘निर्माण गर्दागर्दै बिग्रने सडकमा पैसा मात्र खेर गइरहेको छ ।×’ सडकको कुन्ता, ढाँडखोला, फटकेश्वरलगायतको सडकमा सवारीसाधनका लागि निकै जोखिम छ । सडकमै पानी बगेको छ । जताततै खाल्डैखाल्डा छन् । स्थानीय गुनासो गर्छन्, ‘सधैं जोखिम यात्रा ।’ हाल उक्त सडकको मर्मत एसियाली विकास बैंक (एडीबी) र सरकारको लगानीमा भइरहेको छ । दस वर्षअघि मेलम्ची आयोजनाले गरेको कालेपत्रे प्रायोगमै नआई भत्केपछि सरकारले अर्को टेन्डर गरेको हो ।

निर्माणको जिम्मा लिएको स्वछन्द निर्माण सेवाका जयराम लामिछानेले मुख्यत: वर्षात र मुआब्जा वितरणको समस्याले काममा बाधा पुगेको बताए । ‘सरकारको १२ र एडीबीको ८८ प्रतिशत सहयोगमा सडकको कालोपत्रे गर्ने कार्यक्रम छ । ’लामिछानेले भने,‘ करिब ९० करोडको लागतमा आगामी वर्ष पूरा गर्ने लक्ष्य राखिएको छ । उनले निर्माणको जिम्मेवारी लिएको ५ महिना बितेको छ । सडकको चौडा र कालोपत्रे गर्ने योजना रहेको सरकारी स्रोतले जानकारी दिएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल श्रेष्ठका अनुसार टिपरलगायत सवारीसाधनबाट संकलित राजस्वअन्तर्गत साढे चार करोड सडक मर्मतमा खर्च गर्न सकिने बताए । टेन्डरबाट ठूलो रकम खर्च हुने भएपछि हामी पछि हटेका छौं, उनले भने । इन्द्रावती आसपासकोमा दर्जन क्रसर उद्योग सञ्चालित छन् । क्रसरका कारण टिपरको संख्या बढ्दै गएपछि यसको भार थेग्न नसकेर सडकको अवस्था जीर्ण बन्दै गएको आवाज स्थानीयले उठाउँदै आएका छन् ।

प्रकाशित : असार २४, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?