कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

करेन्ट लागेर वृद्धको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — करेन्ट लाग्दा आइतबार एक वृद्धको मृत्यु भएको छ । सदरमुकामको पहरेचौतारा निवासी ६७ वर्षीय केशव अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु हो । गत २० गते बिहान पनि सदरमुकामका पुछारबजार निवासी ५२ वर्षीय समाजसेवी अर्जुन श्रेष्ठको मृत्यु भएको थियो । 

करेन्ट लागेर वृद्धको मृत्यु

भूकम्पपछि थोपलखोला किनारमा टहरामा कान्छी श्रीमतीसँग बस्दै आएका मृतक अधिकारी नजिकैको खेतमा विद्युतीय मोटरबाट पानी तानेर रोपाइँ गर्ने तर्खरमा थिए । घरबाट मोटरमा बिजुली जोड्ने क्रममा करेन्ट लागेर उनको खेतमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


जिल्ला प्रहरीका अनुसार जिल्लामा करेन्ट लागेर चालु आर्थिक वर्षमा ७ जनाको मृत्य भइसकेको छ ।


प्रकाशित : असार २४, २०७५ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?