वागमती

Pradesh-3

राजधानी सम्भाव्यता अध्ययन समिति : प्राथमिकता क्रम निर्धारण

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले अध्ययन प्रतिवेदनको मस्यौदा तयार गरेको छ । समिति मातहतको प्रतिवेदन लेखन कार्यदलले स्थलगत अध्ययन, प्रश्नावलीको आधारमा प्राथमिकता क्रम तोकेर सिफारिस गर्न लागेको हो ।

राजधानी सम्भाव्यता अध्ययन समिति : प्राथमिकता क्रम निर्धारण

रोपाइँ ५० प्रतिशत मात्र

असार महिना सकिनै लागे पनि मकवानपुरमा ५० प्रतिशत मात्र रोपाइंँ सकिएको छ । झमझम पानी नपरेकाले ५० प्रतिशतभन्दा बढी रोपाइँ हुन नसकेको हो ।

रोपाइँ ५० प्रतिशत मात्र
असार २४, २०७५

करेन्ट लागेर वृद्धको मृत्यु

करेन्ट लाग्दा आइतबार एक वृद्धको मृत्यु भएको छ । सदरमुकामको पहरेचौतारा निवासी ६७ वर्षीय केशव अधिकारीको करेन्ट लागेर घटनास्थलमै मृत्यु हो । गत २० गते बिहान पनि सदरमुकामका पुछारबजार निवासी ५२ वर्षीय समाजसेवी अर्जुन श्रेष्ठको मृत्यु भएको थियो । 

करेन्ट लागेर वृद्धको मृत्यु

पदाधिकारी पारिश्रमिक अन्योलमा

प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सेवा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफाबार छलफल प्रतिवेदन सभामा पेस भएको छैन । प्रदेश मामिला समितिले यसअघि नै प्रतिवेदन सभामुख सानुकुमार श्रेष्ठलाई बुझाए पनि सदस्यको सुविधासम्बन्धी प्रावधानमा सरकार ‘सकारात्मक नभएका’ कारण प्रतिवेदन पेस हुन आलटाल गरेको आरोप छ ।

पदाधिकारी पारिश्रमिक अन्योलमा

व्यक्तिगत खर्चमा ६ एम्बुलेन्स

पूर्णबहादुर लामा (कान्छाराम) ले शनिबार रामेछापवासीका लागि फेरि अर्को गुन लगाएका छन् । उनले एकैपटक ६ वटा एम्बुलेन्स प्रदान गरे । एकैपटक ६० लाखभन्दा बढीको व्यक्तिगत लगानी गरी एम्बुलेन्स हस्तान्तरण गरेर उनी जिल्लाका एक्ला दानवीर भएका छन् ।

व्यक्तिगत खर्चमा ६ एम्बुलेन्स

यात्रुलाई सधैं सास्ती

जिल्लाको पश्चिम भेगको प्रमुख प्रवेशद्वारको रूपमा परिचित जिरोकिलो (मेलम्ची २२ किमि सडकको अधिकांश खण्ड ठूला–ठूला खाल्डामा परिणत भएको छ । सडकको कतिपय खण्ड पानीको पोखरीमा परिणत भएको छ । सयौं यात्रु कष्टकर यात्रा गर्न विवश छन् । बर्षात्ले यात्रुको सास्ती दिनैपिच्छे झन्–झन् बढै गएको छ ।

यात्रुलाई सधैं सास्ती
असार २३, २०७५

अधिकांश स्थानीय तह भाडामा

स्थानीय तहको निर्वाचन सम्पन्न भएको १४ महिना बित्न लाग्दा पनि मकवानपुरका अधिकांश गाउँपालिका र वडा कार्यालयहरू विद्यालय, सामुदायिक भवन र भाडाका घरमा सञ्चालन भइरहेका छन् ।

अधिकांश स्थानीय तह भाडामा