१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

राजधानी सम्भाव्यता अध्ययन 

प्रतिवेदन प्रस्तुत गरिँदै 

हेटौंडा — प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मंगलबार सभामुखलाई प्रतिवेदन बुझाउँदै छ ।

राजधानी सम्भाव्यता अध्ययन 

२ महिनाको अवधिमा गरेको स्थलगत अध्ययन तथा प्रश्नावलीका आधारमा समितिले प्रतिवेदन तयार गरेको हो ।


सोमबार सर्वदलीय बैठकमा समितिले गतिविधिबारे जानकारी गराएको थियो । सभामुखलाई प्रतिवेदन बुझाउनेबारे औपचारिक जानकारी गराएको समितिका सभापति दीपक निरौलाले जानकारी दिए ।


‘समितिका गतिविधिहरु सुनाउँदै प्रस्तुत गर्नेबारेमा औपचारिक जानकारी गरायौँ,’ उनले भने, ‘संसदीय प्रक्रियाअनुसार छिटो कार्यसूचीमा राखेर टुंग्याउन अनुरोध गरेका छौं ।’ सत्तापक्ष र विपक्षी दलका नेताहरुले प्रदेशसभा सदस्यहरुलाई अध्ययनको मौका दिन अनुरोध गरेका थिए ।


भौगोलिक अवस्था, पूर्वाधार, बाटोको पहुँच, केन्द्रबिन्दुलगायतका मापदण्डका आधारमा अंक दिएर प्राथमिकता क्रम तोकिन लागेको छ । यसअघि समितिले जेठ २८ गतेदेखि ३० गतेसम्म चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडाको स्थलगत अध्ययन गरेको थियो ।


काभ्रे, मकवानपुर, भक्तपुर, नुवाकोट, सिन्धुपाल्चोक, चितवन, ललितपुर र रामेछापले जिल्लाको वस्तुगतस्थिति झल्कने गरी भरेर पठाएको १ सय २३ प्रश्नसहितको प्रश्नावली पनि समितिले अध्ययन गरेको थियो । समितिका एक सदस्यका अनुसार, प्राथमिकताक्रम अनुसार, चितवन, काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडा प्रस्ताव हुँदै छन् ।


निर्णय गर्ने कार्यविधिबारे भने सभामुखले तोक्ने सभापति निरौलाले बताए । ‘समितिको अधिकार क्षेत्रअनुसार हामीले प्राथमिकता क्रम तोकेर प्रतिवेदन दिएका छौँ,’ निरौलाले भने, ‘निर्णय गर्न कुन कार्यविधि अपनाउने भन्ने सभामुखले निर्णय गर्ने विषय हो ।’


समितिको प्रतिवेदनकै आधारमा वा दर्ताका आधारमा निर्णयार्थ प्रस्तुत गर्ने भन्ने अझै टुंगो भएको छैन ।


‘औचित्यताका आधारमा’ सभालाई प्रतिवेदन पेस गर्न बढीमा ४५ दिनको म्याद तोकेर वैशाख १४ गते गठित गठन भएको राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले वैशाख ३० गतेबाट काम थालेको थियो ।


समयमा प्रतिवेदन दिन नसकेपछि समितिको म्याद १५ दिन थपिएको थियो । ३ छुट्टाछुट्टै प्रस्ताव दर्ता भए पनि सभामा यसबारे छलफल अघि नै नबढाएपछि ३८ सांसदको हस्ताक्षरसहित सचिवालयमा निवेदन दर्ता भए लगत्तै समिति गठन भएको थियो ।


सांसद दिपक निरौलाको संयोजकत्वमा रहेको १३ सदस्यीय समितिमा तत्कालिन एमालेका तर्फबाट रामकुमार अधिकारी, विजय सुवेदी, वसन्त मानन्धर, सरस्वती बस्नेत, माओवादी केन्द्रका विशाल खडका र जगत सिम्खडा, नेपाली कांग्रेसका छिरिङ दोर्जे लामा र प्रभात तामाङ, विवेकशील साझा पार्टीका विराजभक्त श्रेष्ठ, नेमकिपाका सुरेन्द्रराज गोसार्इं, राप्रपाका रिता माझी र राप्रपा (प्रजातान्त्रिक) का रिना गुरुङ सदस्य छन् ।

प्रकाशित : असार २५, २०७५ २०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?