कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

८ विद्यालय गाभिए

रामेछाप — रामेछापको नगरक्षेत्रमा विद्यार्थी संख्या न्यून भएका ८ विद्यालयलाई नगरपालिकाले पायक पर्ने अन्य विद्यालयमा गाभेको छ । विद्यार्थी संख्या न्यून भएकाले शिक्षकको तलबभत्ता तथा अन्य खर्च धेरै हुने भएकाले अन्य विद्यालयमा गाभिएको नगरपालिकाले जनाएको छ ।

८ विद्यालय गाभिए

मन्थली नगरपालिकाका अनुसार मन्थली नगरपालिका–३ को जलकल्याण आधारभूत विद्यालय भदौरेलाई नीलकण्ठेश्वर मावि कठजोरमा, वडा नम्बर ६ को पञ्चकन्या आधारभूत विद्यालय नबुघाटलाई खाँडादेवी आधारभूत विद्यालय सेलेघाटमा तथा वडा नम्बर ६ कै नवज्योति आधारभूत विद्यालय मसानटारलाई सिद्धेश्वर आधारभूत विद्यालय हात्तीटारमा गाभिएको छ ।

यसैगरी, वडा नं ६ कै आधारभूत विद्यालय कुभिन्डेलाई आधारभूत विद्यालय बेतिनीमा, वडा नम्बर १२ को इन्द्रावती आधारभुत विद्यालय गेलुलाई पशुपति माविमा, वडा नम्बर १३ को सिद्धेश्वर आधारभूत विद्यालय फुलासीलाई सोही स्थानको साँखे आधारभूत विद्यालयमा गाभिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत भानुभक्त न्यौपानेका अनुसार भटौलीको जनकल्याण आधारभूत विद्यालयलाई महाकालीदेवी आधारभूत विद्यालय सल्लेनीमा र कालीदेवी आधारभूत विद्यालय पुरानागाउँलाई स्थानापति मावि बांगेसल्ला पुरानागाउँमा गाभिएको छ ।

नगर प्रमुख रमेशकुमार बस्नेतले विद्यार्थीहरू न्यून रहेका विद्यालयका शिक्षकलाई पनि तत्कालका लागि समायोजन भएकै विद्यालयमा पठनपाठन गर्नका लागि निर्देशन दिइएको छ । विद्यार्थी संख्या न्यून भएमा साविकको विद्यालय या बस्तीभन्दा आधा घण्टा टाढासम्म रहेको अर्को विद्यालयमा गाभ्न सक्ने व्यवस्था छ ।

जिल्लामा अरू थुपै्र विद्यालय गाभ्नुपर्ने अवस्था रहेको छ । विद्यालयसगैं शिक्षकको दरबन्दी मिलान गर्नुपर्ने कारणले विद्यालय गाभ्ने प्रक्रिया जटिल हुने गरेको जनाइएको छ ।

प्रकाशित : असार ३०, २०७५ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?