१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पत्नीको कुटेर हत्या

हेटौंडा — मकवानपुरको थाहा नगरपालिका ५ नलिवनका ५२ वर्षीय साहिँला थिङले आफ्नी श्रीमतीलाई कुटेर हत्या गरेका छन् । उनले घरको ढोका नखोलेको निहुँमा कुटेर ४३ वर्षीया साहिँलीमाया थिङको शनिबार राति हत्या गरेका हुन् ।

पत्नीको कुटेर हत्या

हत्याको अभियोगबाट बच्न उनले मृतक पत्नीको मुखमा विषादीसमेत हालेका थिए । छिमेकको पास्नीमा मादक पदार्थ सेवन गरी राति अबेर आएका साहिँलाले पत्नीले ढोका नखोलेको भन्दै सुतिरहेको अवस्थामा घाँटीमा मुड्कीले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक धु्रव सिलवालले बताए ।

पत्नीले राति घरको ढोका नखोलेपछि साहिँला ढोका फोरेर घरभित्र पसेका थिए । पत्नीको मृत्यु भएपछि आफू बच्न तरकारीको बोटमा हाल्न ल्याएको विषादी मुखमा खन्याएको सिलवालले जनाए । त्यसलगत्तै उनले विष सेवनका कारण पत्नीको मृत्यु भएको भन्दै छिमेकीलाई खबर गरेका थिए । उनको कुरा पत्यार नलागेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले साहिँलालाई एकान्तमा राखेर घटनाबारे सोधखोज गर्दा कुटेर मारेको स्वीकारेका हुन् ।

प्रहरी हिरासत हेटौंडामा रहेका थिङले रक्सीको मातमा सुरुमा हिर्काए पनि मार्ने नियत नरहेको बताएका छन् । गत माघ १ गते हेटौंडा ४ कमलडाँडामा पनि मादकपदार्थ सेवन गरी गजवारले हिर्काएर पत्नीको हत्या भएको थियो । पत्नीको हत्या गर्ने उक्त व्यक्तिलाई जिल्ला अदालत मकवानपुरले गत साता जन्मकैदको फैसला गरेको थियो ।

प्रकाशित : असार ३२, २०७५ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?