१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अवरुद्ध पासाङल्हामु मार्ग खुल्याे

बलराम घिमिरे

रसुवा — आइतबार रातिको वर्षा पछिकाे पहिराेले अवरुद्ध पासाङल्हामु मार्गको मूलखर्क खण्ड संचालनमा अाएकाे छ । पासाङल्हामुमार्ग चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक हो ।

अवरुद्ध पासाङल्हामु मार्ग खुल्याे

अवरुद्ध सडक खुलाउन सोमबार बिहानैबाट स्काभेटर र डोजरको प्रयोग गरिएको थियाे । मूलखर्कमा ठूलो पहिरो खसेकाले साढे ११ बजेबाट सडक स‌चालनमा अाएकाे हाे ।

सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीका सवारी साधन सदरमुकाम धुन्चे, कालिकास्थान, राम्चेलगायतका क्षेत्रमा रोकिएका थिए । पासाङल्हामुमार्गको बेत्रावतीदेखि स्याफ्रुसम्म र स्याफ्रु देखि रसुवागढी सडक खण्डका एक दर्जन स्थान पहिरोको जोखिम छन् ।

प्रकाशित : असार ३२, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?