प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थागित

नगेन्द्र अधिकारी

हेटौंडा — प्रमुख विपक्षी कांग्रेसले अवरोध गर्ने संकेत पछि प्रदेशसभा बैठक स्थागित गरिएको छ । प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थागित गरेको सूचना टाँस गरेको हो ।

प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थागित

शुक्रबार बिहानको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रमुख बिपक्षी का‌ंग्रेसले आफ्ना मागहरु सम्बोधन नभए आज पनि अवरोध गर्ने जनाएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेशको मर्म विपरित चिकित्सा शिक्षाको प्रतिस्थापन विधेयक ल्याउन लागेको, सभामुख र उपसभामुख एकै दलको भएको, भूकम्पपीडित प्रभावितलाई वेवास्ता भएको, मूल्यवृद्धि भएको, गिट्टी, ढुंगा, बालुवाको कर बढी भएको, संविधान विपरित आर्थिक विधेयकमा जनयुद्ध शव्द प्रयोग गरिएकाे विरोधमा बिहीबारको प्रदेश सभा बैठक कांग्रेसले अवरुद्ध गरेको थियो । अवरोध लगत्तै सभामुख सानुकुमार श्रेष्ठले बैठक शुक्रबार ११ बजेसम्मको लागि स्थगित भएको जानकारी गराएका थिए ।

दुई सातापछि बिहीबार बसेको प्रदेश सभा बैठकमा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश हुने कार्यसूची थियो । बैठकमा ‘मुख्यमन्त्री–मन्त्रीको पारिश्रमिक तथा सुुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा परेका संशोधनसहितको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची भएपनि स्थगित भएका कारण हुन सकेन । प्रदेश प्रमुखबाट प्रमाणिकरण भएका आर्थिक विधेयक, विनियोजन विधेयक र कर तथा गैर राजस्व लगाउने तथा उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे सभालाई जानकारी गराउने कार्यसूची थियो ।

प्रकाशित : श्रावण ४, २०७५ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?