कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

पारिश्रमिकको रकम समाजसेवामा

हेटौंडा — यहाँका दुई वडाध्यक्षले पारिश्रमिक बापतको रकम समाजसेवामा खर्च गरेका छन् ।

पारिश्रमिकको रकम समाजसेवामा

हेटौंडा उपमहानगरपालिका-५ का वडाध्यक्ष राजेश बानियाँ र वडा-१४ का दीपक खडकाले पारिश्रमिक १९ वटै वडामा १/१ सामाजिक काममा खर्च गर्ने भएका हुन् ।


हेटौंडा-१३ मा रहेको ठूलोथली गुम्बाडाँडा चुरे ग्रिन भ्युटावर निर्माण उपभोक्ता समितिलाई मञ्च (स्टेज) निर्माणका लागि १ लाख ५० हजार हस्तान्तरण गरेका छन् । अध्यक्ष बानियाँले पारिश्रमिक नलिने घोषणासँगै सामाजिक काममा खर्च गर्ने सल्लाह गरेको बताए ।


‘हामी दुई फरक पार्टीबाट जित्यौँ, तर उठ्दा फरक भए पनि हामी सबै साझा भएका छौँ,’ उनले भने, ‘दुवैको सल्लाह मिलेपछि सामाजिक काममा सहयोग गरेका हौँ ।’


अर्का वडाध्यक्ष खडकाले ५ वर्षमा जम्मा हुने सबै पारिश्रमिक उपमहानगरका सबै वडामा एक न एक सामाजिक काममा खर्च गर्ने बताए ।

प्रकाशित : श्रावण ६, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?