दुर्घटनामा कर्मचारीको मृत्यु, इन्जिनियर सख्त घाइते

दोलखा

काठमाडौँ — तामाकोसी गाउँपालिकास्थित भिरकोट माझी गाउँमा एक निजी बलेरो दुर्घटना हुँदा जिल्ला समन्वय समिति दोलखामा कार्यरत नायव सुब्बा मनोहरि थापाको मृत्यु भएको छ ।

दुर्घटनामा कर्मचारीको मृत्यु, इन्जिनियर सख्त घाइते

चरिकोटबाट काठमाडौं जान लागेको बा १८च ५४२० नम्बरको फुलबडी बलेरो मंगलबार अपराह्न पौने चार बजे सडकबाट करिब २० मिटर तल खस्दा भीमेश्वर नगरपालिका कुप्रीका थापाको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेका अनुसार उक्त समितिमा कार्यरत इन्जिनियर नारायण शिवाकोटी सख्त घाइते भएका छन् ।


घुम्तीमा चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो । चालक पनि घाइते भएपछि दुवै जनालाई उपचारका लागि काठमाडौं लगिएको दोलखा प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ८, २०७५ १७:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?