कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सहकारीबाट ५ लाख चोरी

छ महिनायता नौ सहकारीमा लुटपाट
रमेशकुमार पौडेल

चितवन — भरतपुरस्थित प्रभात दिदीबहिनी महिला बचत तथा ऋण सहकारी संस्थामा चोरी भएको छ । सोमबार बिहान कार्यालय खोल्दा चोरी भएको पत्ता लागेको हो । 

सहकारीबाट ५ लाख चोरी

आइतबार संकलन भएर सहकारीमा राखेको पाँच लाख रुपैया चोरी भएको संस्थाका अध्यक्ष सरस्वती शाह कतिलाले बताइन् ।


केही समययता चितवनका सहकारीमा चोरीका घटनाहरु बढेका छन् । छ महिनायता नौवटा सहकारीमा चोरी भएको जिल्ला बचत तथा ऋया सहकारी संस्थाले जनाएको छ । ‘माघ फागुनयता चितवनका सहकारी संस्थामा चोरी हुने क्रम बढेको छ । प्रभातसहित नौवटा सहकारीमा चोरी भएको हामीलाई जानकारी आएको छ,’ जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तेजेन्द्रबहादुर खड्काले भने ।

‘पैसा राखेको भल्ट (सेफ) नै फोडेर चोरी भएको छ । अफिसमा सिसी क्यामेरा पनि थिए । तर सबै सिसी क्यामेरा र कन्ट्रोल बक्स नै चोरिएको छ,’ अध्यक्ष कतिलाले भनिन् ।


घटना बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुशिलसिंह राठौरले बताए ।

प्रकाशित : श्रावण १४, २०७५ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?