कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

रामेछापमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

टीकाप्रसाद भट्ट

रामेछाप — सरकारको विरोध गर्दै नेपाली कांग्रेसले रामेछापमा प्रदर्शन गरेको छ । सरकार विरुद्ध चर्का नाराबाजी गर्दै जुलुसले बजार परिक्रमा गरेको थियो । 

रामेछापमा सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

कांग्रेस कार्यकर्ताले शान्तिपूर्ण जुलुस गरेपनि प्रहरी नायव उपरीक्षक सहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । प्रहरीको जिल्ला नेतृत्व आफैं जुलुस नियन्त्रणका लागि हिँडेको यो पहिलो हो ।

जुलुस पछि देवकोटा चोकमा आयोजित कोण सभामा कांग्रेसका नेताहरुले केपी ओली सरकारका क्रियाकलाप प्रति तीब्र आक्रोश पोखेका थिए । जिल्ला सभापति लवश्री न्यौपानेको अध्यक्षतामा भएको विरोध सभामा कांग्रेस नेता रामचन्द्र खड्का लगाएत दर्जनौं जिल्लास्तरका नेता सहभागी थिए ।

प्रकाशित : श्रावण १५, २०७५ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?