१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ को मृत्यु, १ गम्भीर घाइते [अपडेट]

बलराम घिमिरे

रसुवा — गोसाइँकुण्ड गाउँपालिका–५ याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । दुर्घटना परी अर्का एक जना गम्भीर घाइते भएका छन् । 

रसुवामा कन्टेनर दुर्घटना हुँदा ३ को मृत्यु, १ गम्भीर घाइते [अपडेट]

दुर्घटनामा परी मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६ वर्ष ३५ का माइले तामाङ, साङ्गे लामा र चालक रामे विक रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष तामाङले बताए । तिनै जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


धुन्चेबाट स्याफ्रुतर्फ जाँदै गरेको ना ६ ख ४९२९ नम्बरको कन्टेनर दुर्घनामा परेको हो । दुर्घटनामा परी गोसाइँकुण्ड गाउँपालिका–६ का नरेश मल्ल गम्भीर घाइते भएका छन् । गम्भीर घाइते मल्ललाई जिल्ला अस्पताल धुन्चे प्राथमिक उपचार गरी थप उपचारका काठमाडौं लगिएको छ ।


घाइतेको टाउको र तिघ्रामा गम्भीर चोट लागेको जिल्ला स्वास्थ्य कार्यालय रसुवाका प्रमुख डा. गुणनिधि शर्माले जानकारी दिए ।


नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिए पनि प्रतिकुल मौसमका कारण हेलिकप्टर आउन नसक्दा गाडिमा लगिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । सडक भन्दा करिब १ सय ५० मिटर तल खसेको कन्टेनरमा ४ जना सवार थिए ।

प्रकाशित : श्रावण १५, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?