कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

पहिरोमा १ तीर्थयात्रीको मृत्यु

बलराम घिमिरे

रसुवा — रसुवाको गोसाइँकुण्ड जाँदै गरेका १ तीर्थयात्रीको शुक्रबार दिउँसो पहिरोमा परेर मृत्यु भएको छ । गोसाइँकुण्ड गाँउपालिका–५ मिनी गोसाइँकुण्ड नजिकै उकालोमा पैदल हिँडिरहेका रौतहट चन्द्रनिगाहपुरकी ३५ वर्षकी नम्रता कार्कीको मृत्यु भएको हो । पहिरोमा परी रौतहट चन्द्र नगरपालिका–१ बस्ने वर्ष ३५ की रमा आचार्य घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ ।

पहिरोमा १ तीर्थयात्रीको मृत्यु

घाइते आचार्यको जिल्ला अस्पताल धुन्चेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरी नायव उपरीक्षक सन्तोष तामाङका अनुसार पहिरो खस्नेक्रम जारी छ । प्रहरीसहितको टोलीले उद्धार गरिरहेको छ । रौतहटबाट गोसाइँकुण्ड तीर्थयात्रामा हिँडेको टोलीमा २७ जना रहेको बुझिएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ १४:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?