१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

टिपरको ठक्करबाट एकको मृत्यु

रासस

काठमाडौँ — टिपरकाे ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरको सल्लाघारीस्थित आकाशे पुल नजिक शुक्रबार राति बा ५ ख ५७७८ नम्बरको टिपर पछाडि ल्याउने क्रममा पैदल हिँडिरहेका सप्तरी राजविराजका १९ वर्षीय देवेन्द्र सदायको मृत्यु भएको हो । 

टिपरको ठक्करबाट एकको मृत्यु

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले टिपर पछाडि सार्दा टिपरको ठक्करबाट गम्भीर घाइते भएका सदायको उपचारका क्रममा राति १ बजे राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा मृत्यु भएको जानकारी दिए । ठक्कर दिने टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए ।

प्रकाशित : श्रावण २६, २०७५ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?