कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१ सय १३ केजी गाँजासहित एक पक्राउ

प्रताप विष्ट

हेटौंडा — लागूऔषधसहित प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रदेश-३ को प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान टिमले १ सय १३ केजी गाँजासहित कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । 

१ सय १३ केजी गाँजासहित एक पक्राउ

प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा गएको टोलीले हेटौंडातर्फ आइरहेको ना ४ ख २९३ नम्बरको कन्टेनरलाई मनहरीमा रोकेर जाँच गर्ने क्रममा कन्टेनरको पछाडिको भागमा ६ वटा प्लास्टिकको बोरामा प्याक गरेर ल्याएको गाँजा फेला पारेको थियो । प्रहरीले उक्त गाँजासहित कन्टेनर चालक चितवन राप्ती नगरपालिका ४ का ४१ वर्षीय विष्णुभक्त श्रेष्ठलाई नियन्त्रण लिएको हो । श्रेष्ठ कन्टेनर धनी र चालक दुवै हुन् ।


चितवन शक्तिखोरबाट गाँजा लोड गरेर ल्याएको प्रहरीले सुराकी पाएपछि मनहरीमा नै गएर पक्राउ गरेको प्रहरी निरीक्षक थापाले बताए । गाँजा कारोबारी गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण २७, २०७५ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?