चीन जाने अर्को जोडी गैंडा चितवनबाट बिदाइ

रमेशकुमार पौडेल

चितवन — सरकारले चीन सरकारलाई उपहार दिने दुई जोडी गैंडामध्ये अन्तिम जोडी गैंडा मंगलबार चितवनबाट काठमाडौंका लागि बिदाइ भए । पहिलो जोडी गैंडा एक महिनाअघि नै चीन पुगेका छन् ।

चीन जाने अर्को जोडी गैंडा चितवनबाट बिदाइ

मितिनी नामको पोथी र सोल्टी नामको भाले गैंडा पर्सि साउन ३१ गते विशेष कार्गो विमानबाट चीन जाने निकुञ्ज कार्यालयले जनाएको छ ।


दुई वर्षअघि सरकारले चीनलाई दुई जोडी गैंडा दिने निर्णय गरेको थियो । ठूला गैंडा चीन पठाउन गाह्रो हुने भएकाले बच्चा गैंडा पठाइएको छ । तीनवटा बच्चा गैंडा चितवन निकुञ्जको पश्चिम क्षेत्र सुखिभार र खोरिया मोहन क्षेत्रबाट नियन्त्रणमा लिएर सोराहाको विशेष खोरमा राखिएको थियो । खोमा बस्दा गैंडाहरू नयाँ वातावरण र खानपानमा अभ्यस्त भएका थिए ।


गतवर्ष बाढीले बगाएर त्रिवेणीबाट उद्धार गरी सोराहामा राखेको एउटा बच्चा भाले गैंडा पनि उपहार दिइएको हो ।


भाले पोथी मिलाएर पठाइएको छ । यसअघि रूपसी र भद्रको जोडीलाई गोन्जाओ लगिएको थियो । मितिनी र सोल्टी संघाइ सफारी पार्कमा लगिने चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।

प्रकाशित : श्रावण २९, २०७५ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?