चन्द नेतृत्व नेकपाका चितवन सचिव पक्राउ

रमेशकुमार पौडेल

चितवन — प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवन जिल्ला कार्यसमिति सेक्रेटरी (सचिव) ध्रुव खड्कालाई बिहीबार भरतपुरबाट गिरफ्तार गरेको छ ।

चन्द नेतृत्व नेकपाका चितवन सचिव पक्राउ

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव शर्मा आचार्यले खड्कालाई भरतपुर–७ कृष्णपुरबाट नियन्त्रणमा लिएको जानकारी दिए ।


उनी पुरानो मुद्दाका फरार प्रतिवादी रहेको आचार्यको भनाइ छ । ‘उनीमाथि आगजनी तथा संगठित अपराध मुद्दा दायर भएको थियो । फरार रहेका उनलाई कृष्णपुर एरियाबाट समाएको हो’ डिएसपी आचार्यले भने । केही समयअघि प्रहरीले उक्त पार्टीका जिल्ला इन्चार्जलाई समाए पनि इँटा प्रहार गरेर फुत्केको प्रहरीले जनाएको थियो ।


प्रकाशित : श्रावण ३१, २०७५ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?