कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चितवनमा जन्मियो अर्नाको पहिलो बच्चा

रमेशकुमार पौडेल

चितवन — कोशी टप्पु वन्यजन्तु आरक्षबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको अर्नाले बिहीबार पहिलो पटक बच्चा जन्माएको छ । 

चितवनमा जन्मियो अर्नाको पहिलो बच्चा

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यो नै चितवनमा जन्मेको पहिलो अर्ना हो । झण्डै ७० वर्षअघिसम्म चितवनमा पनि अर्ना थिए ।


तर ती लोप भएर गएपछि २०७३ सलाको माघमा कोशी टप्पु र जावलाखेलको चिडियाखानाबाट चितवनमा अर्ना ल्याइएको थियो ।


गर्भाधान भएको १० महिनापछि अर्नाले बच्चा जन्माउँछ । बिहीबार जन्मेको बच्चा पोथी हो । कोशी टप्पुबाट १२ वटा र चिडियाखानाबाट तीनवटा अर्ना ल्याएर चितवन निकुञ्जको पूर्व क्षेत्र पदमपुरमा राखिएको थियो ।


अर्ना राख्न ३० हेक्टर जमिनमा तारबार गरिएको छ । तारबार गरे पनि एउटा अर्नालाई बाघले खाएको थियो । चिडियाखानाबाट ल्याएका सबै तीनवटा अर्ना मरेका थिए ।


त्यसै गरी गत वर्षको बाढीका कारण थप दुईवटा अर्ना मरेका थिए । सात पोथी र दुई भाले बचेका थिए । एउटा बच्चा जन्मेपछि अर्नाको संख्या ९ पुगेको छ ।


‘गत वर्षको बाढीपछि धेरै अर्ना बिरामी भएका थिए । निकै दु:ख गरेर जोगाएको हो । अहिले बच्चा पनि जन्मियो । एकपछि अर्को गर्दै ६ वटा अर्ना मर्दा दुखी थियौँ । नयाँ बच्चा थपिएपछि खुसी छौँ’ सूचना अधिकारी अर्यालले भने ।

प्रकाशित : श्रावण ३१, २०७५ १८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?