एकै दिन अदालतमा २४ वटा मुद्दा

प्रताप विष्ट

हेटौडा — जिल्ला अदालत मकवानपुरमा बिहीबार एकै दिन २८ वटा मुद्दा दर्ता भएका छन् । भदौ १ गतेदेखि फौजदारी र देवानी संहिता लागू हुने भएकाले एकैदिन दुई दर्जन भन्दा बढी मुद्दा दर्ता भएका हुन् ।

एकै दिन अदालतमा २४ वटा मुद्दा

जिल्ला अदालत मकवानपुरका एकै दिन यतिका मुद्दा दर्ता भएको पहिलो घटना हो । साढे ५ दशकअघि निर्माण गरेको मुलुक ऐन शुक्रबारदेखि विस्थापित भएर नयाँ संहिता कार्यान्वयनमा आउँदै छ ।


जिल्ला प्रहरी कार्यालय फौजदारी सरकारी मुद्दा ४ वटा र देवानी मुद्दा २४ वटा २८ वटा बिहीबार दर्ता भएको अदालतका स्रेस्तेदार अनन्तराज मरासिनीले बताए ।


'भोलीदेखि नयाँ ऐन कानुन कार्यान्वयनमा आउने भएकाले एकै दिन यसरी दर्ता गर्न ल्याएको हो ' उनले भने । दर्ता भएका मुद्दामध्ये लागुऔषध, बहुविवाह, लेनदेन, सम्बन्ध विच्छेद, अशंवन्डा, जग्गाको किचलो आदी रहेका छन् ।


२०७५ साउन ३१ गतेसम्म अदालतमा दर्ता भएका मुद्दाहरु पुरानै मुलुकी ऐन अनुसार फैसला हुने छ भने शुक्रबारदेखि दर्ता भएका मुद्दाहरु फौजदारी संहिता र देवानी संहिता अनुसार सुनुवाई र फैसला हुन जिल्ला अदालत मकवानपुरले जनाएको छ ।


'बिहीबारसम्म अदालतमा दर्ता भएका मुद्दा मुलुकी ऐन अनुसार फैसला र सुनुवाई हुनेछ’स्रेस्तेदार मरासिनीले भने,‘शुक्रबारदेखि दर्ता भएका मुद्दाहरु फौजदारी र देवानी संहिता अनुसार हुने छ ।’

अदालतको काम कारबाहीमा खासै अन्योलता र द्विधा नभएको अदालतका कर्मचारीले बताएका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ १९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?