पर्यटन प्रवर्द्धनमा प्रदेशबीच सहकार्य

प्रताप विष्ट

ईन्द्रसरोवर (मकवानपुर) — पर्यटन प्रवर्द्धनका लागि ३ नम्बर प्रदेश र ४ नम्बर प्रदेशका सात जिल्लाबीच साझा प्रयासको तयारी गरिएको छ । मध्य नेपाल पर्यटन विकास समितिले अन्तरक्रिया गर्दै दुई प्रदेशबीच पर्यटन प्रवर्द्धनको सम्भावनाका बारेमा सरोकारवालाको सुझावसमेत संकलन गरेको छ ।

पर्यटन प्रवर्द्धनमा प्रदेशबीच सहकार्य

३ नम्बर प्रदेशका ३ जिल्ला र ४ नम्बर प्रदेशका ४ जिल्लाको सहभागितामा पर्यटन विकासका लागि संस्थागत सञ्जाल निर्माणबारे छलफल गरिएको हो ।


मकवानपुरको पर्यटकीय क्षेत्र इन्द्रसरोवर ताल नजिकै शुक्रबार भएको कार्यक्रममा ३ नम्बर प्रदेशको मकवानपुर, चितवन र धादिङ जिल्ला र ४ नम्बर प्रदेशका नवलपुर, लमजुङ, गोर्खा र तनहु जिल्लाका पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, जनप्रतिनिधिको सहभागिता थियो । हरिसिंह गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सातवटै जिल्लाका पर्यटकीय क्षेत्रका बारेमा सम्बन्धित जिल्लाका प्रतिनिधिले जानकारी गराएका थिए ।


कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य कृष्णप्रसाद भुर्तेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, थाहा नगरपालिकाका प्रमुख लवशेर विष्ट, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, नेपाल पर्यटन बोर्डका ४ नम्बर प्रदेश कार्यालका प्रमुख मणि लामिछाने, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, होटल एसोसिएसन मकवानपुर अध्यक्ष भागीरथ शर्मालगायत सहभागी थिए ।


प्रकाशित : भाद्र १, २०७५ २१:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?