कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अझै खुलेन पासाङल्हामु राजमार्ग

रासस

नुवाकोट — विदुर नगरपालिकास्थित गेर्खुखोलाको पुल बाढीले भत्काएपछि अवरुद्ध पासाङल्हामु राजमार्ग सञ्चालन गर्न अस्थायी डाइभर्सन बनाउने काम धमाधम भइरहेकोले मंगलबारसम्म सञ्चालन हुन सक्ने भएको छ । 

अझै खुलेन पासाङल्हामु राजमार्ग

पुल भत्केपछि खोलाबाट अस्थायी डाइभर्सन बनाएर यातायात सञ्चालन गराउन काम भइरहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नन्दलाल शर्माले बताए । विदुर–१ र १० जोड्ने गेर्खुखोलाको पुल आइतबार बिहान बाढीले भत्काएको थियो ।


छिमेक जिल्ला रसुवा जाने वैकल्पिक सडक पनि नुवाकोटको मनकामनामा पहिराले अवरुद्ध गरेकाले दर्जनौं सवारीसाधन रोकिएको छ । पुल भत्किएपछि गोसाइँकुण्ड जनैपूर्णिमा मेलाका तीर्थयात्री प्रभावित भएका छन् । तीर्थयात्री पुल पारि अर्को सवारीसाधन परिवर्तन गरी गन्तव्यतर्फ गइरहेका छन् ।

प्रकाशित : भाद्र ४, २०७५ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?