जिल्ला समन्वय समितिका अधिकृत माथि छुरा प्रहार

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला समन्वय समिति रामेछापमा कार्यरत कार्यक्रम अधिकृत नारायणप्रसाद सुवेदी माथि बुधबार राति छुरा प्रहार भएको छ । 

जिल्ला समन्वय समितिका अधिकृत माथि छुरा प्रहार

मन्थली नगरपालिका–१ स्थित आफ्नै घरको माथिल्लो तलामा सुतिरहेका बेला मुखमा मास्क लगाएर अाएका अपरिचित व्यक्तिले उनको पेटमा छुरा प्रहार गरेको हो । छुरा प्रहार गरे लगत्तै ती ब्यक्ति फरार भएका थिए ।


सुवेदीलाई तत्कालै मन्थलीको तामाकोशी सहकारी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि राति नै धुलिखेल अस्पताल पठाइएको छ । धुलिखेल अस्पतालमा उनको शल्यक्रिया भएको जनाइएको छ ।


सरल स्वभावका सुवेदीमाथि भएको आक्रमणको कारण खुल्न सकेको छैन । कसैसँग पनि झगडा नभएको र कुनैपक्षबाट यस अघि धम्की दिएको जानकारीमा नआएको परिवारजनले जनाएका छन् ।


प्रहरी निरीक्षक राजेन्द्रकुमार थापाले घटनामा संलग्नको खोजी सुरु भएको र शंकास्पद ठाँउमा खानतलासी बढाएको बताए ।

प्रकाशित : भाद्र ७, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?