१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लत्रिएको तारबाट करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

प्राधिकरणकाे लापरवाही भन्दै स्थानीयद्वारा पासाङ ल्हामु मार्ग बन्द
कृष्ण थापा

नुवाकोट — लिखु गाउँपालिका–१ खारेखोलामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् । 

लत्रिएको तारबाट करेन्ट लागेर एकको मृत्यु, दुई घाइते

बिहीबार बिहान ६ बजे भुईंमा लत्रिएको ३३ हजार केभी विद्युत लाइन छोइदाँ पैदल हिडिरहेका तुलसा अधिकारीको मृत्यु भएको हो । उनीसँगै रहेकी सुदिक्षा पौडेल र करेन्ट लागेको थाहा पाएर छुटाउन गएका लालप्रसाद लामिछाने गम्भिर घाइते भएका छन् ।


पौडेल र लामिछानेको जिल्लामा उपचार हुन नसकेपछि काठमाडौं पठाइएको छ । बेलकोटगढी–१२ मदानपुर घर भएकी सुदिक्षा दिदीलाई भेटर फर्किदै गरेको लिखु–१ वडाध्यक्ष नरहरि पाण्डेले बताए ।


विद्युत प्राधिकरण त्रिशुली शाखा र स्थानीय प्रशासनलाई विद्युत पोल ढलेको र तार लत्रिएको जानकारी गराएपनि बेवास्ता गरेको वडाध्यक्ष पाण्डेले बताए । ‘साढे ५ बजे तार लत्रिएको छ । दुर्घटना हुन सक्छ भनेर सम्बन्धित निकायलाई जानकारी गराए । तर उनीहरुले सुनेनन् ।’ उनले भने ।


मृतक अधिकारीका ४ वर्षीया छोरी छन् । उनको आर्थिक अवस्था कमजोर रहेको स्थानीयले बताए ।


विद्युत प्राधिकरणको लापरवाहीले स्थानीयको ज्यान गएको भन्दै पीडित पक्षले पासाङ ल्हामु मार्ग र सदरमुकाम विदुर बन्द गराएका छन् ।

प्रकाशित : भाद्र ७, २०७५ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?