कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले पल्टायो डोजर

टीकाप्रसाद भट्ट

रामेछाप — खिम्ती–फर्पु सडक मर्मतका लागि पुगेको डोजर (स्काभेटर)लाई शनिबार अपराह्न बाढीले पल्टाएको छ । डोचर चालकलाई सकुशल उद्धार गरिएको छ । डोजर भने अझै निकालिएको छैन । उक्त सडक खण्ड शुक्रबार रातिको बाढीले अवरुद्ध बनाएको थियो । 

बाढीले पल्टायो डोजर

गोकुलगंगा गाउँपालिका ६ का वडाध्यक्ष चन्द्रबहादुर सुनुवारका अनुसार सडक अवरुद्ध भएकाले भित्ताबाट खोल्नका लागि स्काभेटर त्यहाँ लगिएको हो । पानीमा पसेर सडक खोल्ने प्रयास गर्दा डोजर बाढीमा फसेको प्रहरीले जनाएको छ ।

गतवर्ष खिम्तीको बाढीले छतिवने र खिम्ती बीचको सडक क्षतिग्रस्त भएपछि अस्थायी रुपमा खोलिएको उक्त सडक शुक्रबार रातिको बाढीले फेरि बगाएको हो । सडक बगेपछि शनिबार बिहानैदेखि उत्तरी रामेछापसँगको यातायात आवतजावत ठप्प भएको छ ।

प्रकाशित : भाद्र ९, २०७५ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?