कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

समिति गठन गर्ने निर्णय

सरकारी अस्पतालका व्यवस्थापन समिति खारेज गर्ने संघीय सरकारको निर्णयपछि प्रदेश सरकारले यो निर्देशन दिएको हो ।
प्रताप विष्ट

हेटौंडा — प्रदेश ३ को सरकारले सरकारी अस्पतालहरूमा अस्पताल प्रमुखको संयोजकत्वमा तदर्थ समिति गठन गर्न निर्देशन दिएको छ ।

समिति गठन गर्ने निर्णय

सरकारी अस्पतालका व्यवस्थापन समिति खारेज गर्ने संघीय सरकारको निर्णयपछि प्रदेश सरकारले यो निर्णय दिएको हो । संघीय सरकारले साउन ६ गते अस्पताल विकास समितिहरू विगठन गर्ने निर्णय गरेको थियो । स्वास्थ्य सेवालाई प्रदेश सरकारमातहतमा राख्ने व्यवस्थाअनुसार प्रदेश ३ को सरकारको सामाजिक विकास मन्त्रालयले सबै सरकारी अस्पतालमा तदर्थ समिति गठन गर्न निर्देशन दिएको हो ।

सामाजिक विकास मन्त्रालयले हेटौंडा अस्पतालसहित भक्तपुर अस्पताल, भरतपुर अस्पताल, रसुवा अस्पताल, त्रिशूली अस्पताल, सिन्धुली अस्पताल, चौतारा अस्पताल, धादिङ अस्पताल र रामेछाप अस्पताललाई पत्राचार गरी तदर्थ समिति गठन गर्न भनेको छ ।

अस्पताल प्रमुखको संयोजकत्वमा अस्पताल व्यवस्थापनका लागि गठन गरिने तदर्थ समितिमा अस्पतालमा रहेका विभागका प्रमुखहरू रहने व्यवस्था गर्न भनेको छ । अस्पतालका प्रशासन प्रमुख सदस्य सचिव रहने व्यवस्था गर्न निर्देशन दिइएको छ । बैंक खाता सञ्चालनका लागि अस्पताल प्रमुख र लेखा प्रमुखको हस्ताक्षरमा सञ्चालन गर्ने र तदर्थ समितिबाट अनिवार्य निर्णय गर्न पनि निर्देशन दिइएको छ ।

यस्तै, सामाजिक विकास मन्त्रालयले विकास समिति मातहत रहेका चलअचल सम्पत्ति र कर्मचारीको विवरण पनि मन्त्रालयलाई बुझाउन भनेको छ । व्यवस्थापन समितिलाई नयाँ कर्मचारी नियुक्त गर्न भने रोकेको छ ।

हेटौंडा अस्पतालमा पनि अस्पताल प्रमुख डा. प्रवीण श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरिएको छ । हेटौंडा अस्पतालमा १४ विभाग भए पनि अहिले १० विभागीय प्रमुखसहितको तदर्थ समिति गठन गरिएको हेटौंडा अस्पतालकी प्रशासन प्रमुख अप्सरा पोखरेलले बताइन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?