कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गाडीको ठक्करले मृत्युपछि ओखरपौवा तनावग्रस्त, पहिराेले प्रहरी टाेली बाटाेमै राेकियाे

कृष्ण थापा

नुवाकोट — ककनीगाउँपालिका–१ ओखरपौवामा फोहोर बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उक्त क्षेत्र अहिले तनावग्रस्त बनेकाे छ ।

गाडीको ठक्करले मृत्युपछि ओखरपौवा तनावग्रस्त, पहिराेले प्रहरी टाेली बाटाेमै राेकियाे

सोमबार बिहान पाैने ८ बजेतिर बा २ ख ६११८ नम्बरकाे गाडीकाे ठक्करबाट अाेखरपाैवास्थित महालक्ष्मीस्थानमा स्थानीय ४५ वर्षीय पदम बलामीको मृत्यु भएको डिएसपी भीम भट्टराईले जानकारी दिए । अहिले फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले रोकेका छन् भने ओखरपौवा तनावग्रस्त बनेको छ ।


आक्रोशित स्थानीयले उक्त टिपरको सिसा फुटालेको प्रहरीले जनाएको छ । टिफर चालक फरार छन् । घटनास्थलमा सयाै‌काे संख्यामा भेला भएका मृतकका आफन्त र गाउँहरुले सडक जाम गरेका छन् ।

जिल्लाबाट गएको प्रहरी टोली पासाङ ल्हामुमार्गको ककनीगाँउपालिका–१ चिसोधारामा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएको छ । उक्त सडक खुलाउने प्रयास भैहरेको छ । स्थिति साम्य पार्न काठमाडौंदेखि समेत प्रहरी परिचालन गरिएको छ ।


काठमाडौं उपत्यकाको फोहोर १३ वर्षदेखि ओखरपौवाको सिसडोलमा फालिंदै आएको छ । दैनिक ८० भन्दा बढी गाडी सिसडोलमा फोहोर फाल्न जाने गर्छन् ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?