भालुको अाक्रमणबाट एक महिला घाइते 

राजेन्द्र मानन्धर

दोलखा — भालुको अाक्रमणबाट विगु गाउँपालिका बुलुङखानीकी ५० वर्षीया विष्णुकुमारी श्रेष्ठ घाइते भएकी छन् ।चौरीलाई स्याहार गर्न घरबाट गोठतर्फ हिँडेकी उनलाई आइतबार साँझ भालुले आक्रमण गरेको थियो ।

उनको टाउको र हातमा चोट लागेपछि उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।
उक्त आक्रमण गौरीशंकर संरक्षण क्षेत्रभित्र भएको पछिल्लो घटना हो ।

वन्यजन्तु बस्तीमा पसेर मानिस, चौपाया र बालीनालीमा क्षति पुर्‍याउन थालेपछि संरक्षण क्षेत्र आसपासका बासिन्दामा त्रास र चिन्ता बढेको छ ।

संरक्षण क्षेत्र स्थापना भएको आठ वर्षमा भालु र चितुवाको आक्रमणले बढिजसो अंगभंग छन् । विगु गाउँपालिका अध्यक्ष युधृष्टि खड्काका अनुसार बन्यजन्तुले मानिस, चौपाया र खोतवालीमा हानी बढेको छ । बाँदर र दुम्सीले बालीनालीमा वढी क्षति पुर्‍याइरहेको अध्यक्ष खड्कालेबताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्

गाडीको ठक्करले मृत्युपछि ओखरपौवा तनावग्रस्त, पहिराेले प्रहरी टाेली बाटाेमै राेकियाे

कृष्ण थापा

नुवाकोट — ककनीगाउँपालिका–१ ओखरपौवामा फोहोर बोक्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि उक्त क्षेत्र अहिले तनावग्रस्त बनेकाे छ ।

सोमबार बिहान पाैने ८ बजेतिर बा २ ख ६११८ नम्बरकाे गाडीकाे ठक्करबाट अाेखरपाैवास्थित महालक्ष्मीस्थानमा स्थानीय ४५ वर्षीय पदम बलामीको मृत्यु भएको डिएसपी भीम भट्टराईले जानकारी दिए। अहिले फोहोर फाल्न गएका गाडीहरुलाई स्थानीयले रोकेका छन् भने ओखरपौवा तनावग्रस्त बनेको छ।

आक्रोशित स्थानीयले उक्त टिपरको सिसा फुटालेको प्रहरीले जनाएको छ । टिफर चालक फरार छन् । घटनास्थलमा सयाै‌काे संख्यामा भेलाभएका मृतकका आफन्त र गाउँहरुले सडक जाम गरेका छन् ।
जिल्लाबाट गएको प्रहरी टोली पासाङ ल्हामुमार्गको ककनीगाँउपालिका–१ चिसोधारामा माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएका कारण रोकिएको छ । उक्त सडक खुलाउने प्रयास भैहरेको छ । स्थिति साम्य पार्न काठमाडौंदेखि समेत प्रहरी परिचालन गरिएको छ ।

काठमाडौं उपत्यकाको फोहोर १३ वर्षदेखि ओखरपौवाको सिसडोलमा फालिंदै आएको छ। दैनिक ८० भन्दा बढी गाडी सिसडोलमा फोहोर फाल्न जाने गर्छन्।

प्रकाशित : भाद्र ११, २०७५ ०९:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT