१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भालुको अाक्रमणबाट एक महिला घाइते 

राजेन्द्र मानन्धर

दोलखा — भालुको अाक्रमणबाट विगु गाउँपालिका बुलुङखानीकी ५० वर्षीया विष्णुकुमारी श्रेष्ठ घाइते भएकी छन् ।
चौरीलाई स्याहार गर्न घरबाट गोठतर्फ हिँडेकी उनलाई आइतबार साँझ भालुले आक्रमण गरेको थियो ।

भालुको अाक्रमणबाट एक महिला घाइते 

उनको टाउको र हातमा चोट लागेपछि उपचारका लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ ।

उक्त आक्रमण गौरीशंकर संरक्षण क्षेत्रभित्र भएको पछिल्लो घटना हो ।


वन्यजन्तु बस्तीमा पसेर मानिस, चौपाया र बालीनालीमा क्षति पुर्‍याउन थालेपछि संरक्षण क्षेत्र आसपासका बासिन्दामा त्रास र चिन्ता बढेको छ ।


संरक्षण क्षेत्र स्थापना भएको आठ वर्षमा भालु र चितुवाको आक्रमणले बढिजसो अंगभंग छन् । विगु गाउँपालिका अध्यक्ष युधृष्टि खड्काका अनुसार बन्यजन्तुले मानिस, चौपाया र खोतवालीमा हानी बढेको छ । बाँदर र दुम्सीले बालीनालीमा वढी क्षति पुर्‍याइरहेको अध्यक्ष खड्काले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?