३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बस भाडा बढी लिएको तीर्थयात्रीको गुनासो  

बलराम घिमिरे

रसुवा — बसले बढी भाडा लिएको भन्दै धुन्चेबाट काठमाडौं फर्किन लागेका तीर्थयात्री आक्रोसित भएका छन् ।
सदरमुकाम धुन्चेबाट काठमाडाैंसम्मको भाडा दोब्बर लिएको भन्दै गोसाइकुण्ड पुगेर फर्केका तीर्थयात्रीहरु आक्रोसित भएका हुन ।

बस भाडा बढी लिएको तीर्थयात्रीको गुनासो  

बढी भाडा लिएको भन्दै उनीहरुले नाराबाजी समेत गरेका थिए । काउन्टरबाट बसले टिकट काट्न नमानेर रिजर्भको नाममा बढी भाडा लिएको यात्रुहरुले गुनासो गरेका छन् ।


धुन्चेबाट काठमाडाैंसम्मको डिलक्स बसको भाडा ५ सय छ । बसहरुले टिकटै नकाटी धुन्चेबाट काठमाडौंसम्मको १ हजार भाडा लिएको तीर्थयात्रीहरुले बताए ।


बसले बढी भाडा लिएको गुनासो आएपछि साविकको भाडादरमा टिकट काट्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । साविकको भाडादरमा टिकट काटन नमाने तत्कालै कारबाही गरिने उनले बताए ।

प्रकाशित : भाद्र ११, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?