१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

५ दिनदेखि नुवाकोटका ६ वटा गाउँपालिका अन्धकार 

कृष्ण थापा

नुवाकोट — विद्युत प्राधिकरण त्रिशूली वितरण शाखाको लापरबाहीका कारण पाँचदिनदेखि जिल्लाको पूर्वीभेग अन्धकार भएको छ । 

५ दिनदेखि नुवाकोटका ६ वटा गाउँपालिका अन्धकार 

बिहीबार बिहान लिखुगाउँपालिका १ खहरेमा करेन्ट लागेर एक महिलाको मृत्यु र दुई घाईते भएपछि विद्युत अवरोध भएको थियो ।


देवीघाट चौघडा जाने सबस्टेसन ३३ हजार केभी लाइनमा परेर पैदल यात्री तुलसा अधिकारीको मृत्यु भएको थियो भने दुई जना अझै काठमाडौको ग्राण्डी अस्पतालमा उपचारार्थ छन् ।


५ दिनदेखि वितरण शाखाले विद्यूत लाईन मर्मत सम्भार ढिलाई गरेपछि माथिल्लो भेग लिखु, तादी, शिवपुरी, पन्चकन्या, दुप्चेश्वर र सूर्यगढीगाउँपालिका अन्धकार छ ।


मध्यपहाडी लोकमार्गको ढिकुरे–बराफेदीस्थित उक्त खहरे खोलामाथि हालिएको पक्कीको समेत असरले बिजुलीको पोलमा क्षति पुगेको स्थानीयको आरोप छ ।


उक्त खोलामाथि हालिएको पुल साँघुरो, पुल वरिपरि संरक्षण वाल नलगाएकाले बिजुलीको पोलमुनि भेलले माटो बगाएको थियो ।


पोलवरिपरिको माटो बगाएपछि पुल ढल्किएको स्थानीयले बताए । पोल ढल्केको जानकारी समयमा दिँदा समेत विद्युत वितरण केन्द्र त्रिशूली शाखाले अटेर गरी दुर्घटना भएको स्थानीय यादव पाण्डेले बताए । बिजुली नभएपछि ती गाउँपालिकाहरु सञ्चारविहीन भएका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ १३:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?