कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय सीमा बजार गएका प्रधानाध्यापक सम्पर्कविहीन

टीकाप्रसाद भट्ट

रामेछाप — मोटरसाइकल मर्मतका लागि भारतीय सीमा बजार गएका कालिका मावि भलुवाजोरका प्रधानाध्यापक कृष्णबहादुर कार्की ४ दिन देखि सम्पर्कविहीन भएका छन् । 

भारतीय सीमा बजार गएका प्रधानाध्यापक सम्पर्कविहीन

विद्यालयका शिक्षक सन्तोष थापा र विष्णु वुढाथोकीसँगै शुक्रबार भारतको सीमा भिट्टामोर हुँदै भारत जान हिडेका कार्की परिवारको सम्पर्कमा छैनन् । उनी घरपरिवारलाई आइतबार फर्कने बताएर मोटरसाइकल लिएर भारत गएका थिए । घरबाट हिडेयता कार्कीले परिवारसँग सम्पर्क गरेका छैनन् ।


कार्कीसँगै भारत गएका अन्य शिक्षकहरु सम्पर्कमा आएका छन् । सगैं गएका अन्य शिक्षकहरुले कार्कीसँग सम्पर्क टुटेको भन्दै घर आए नआएको बारे जानकारी मागेपछि उनको खोजी थालिएको छ ।

परिवारका सदस्यले नेपाल र भारतका विभिन्न क्षेत्रमा बेपत्ता प्रअ कार्कीको खोजी बढाएका छन् । उनको खोजीका लागि आइतबार नै जिल्ला प्रहरी कार्यालयमा हुलियासहित परिवारका सदस्यले निवेदन दिएका छन् ।

प्रकाशित : भाद्र ११, २०७५ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?