सालकको खपटासहित एकजना पक्राउ

कान्तिपुर संवाददाता

दोलखा — विश्वमै लोपोन्मुख सालकको खपटासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भीमेश्वर नगरपालिका– ६ का ५३ वर्षीय होमबहादुर थापालाई सालकको खपटा बेच्न लाग्दा पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दोलखाले सार्वजनिक गरेको सालकको खपटा । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर

Yamaha

उनका अनुसार भीमश्वर नगरपालिका– ७ स्थित मकैबारी भुलभुलेमा खपटासहित थापा पक्राउ परेका हुन् ।

सदरमुकाम चरिकोटमा पर्ने खोर्थलीको वनमा सालकको अधिक बसोवास छ ।

उक्त वन नजिकै घरछेउमा देखिएपछि तीन वर्षअघि मारेर छाला र खपटा राखिएको होमबहादुरले प्रहरीलाई बयान दिएका छन् ।

उनलाई वन्यजन्तु अखेटोपहारसम्बन्धी मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०७५ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बिमस्टेक  सुरक्षा पूर्वअभ्यास

रासस

काठमाडौँ — बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सम्मेलनमा नेपाल आउने पाहुनालाई आवश्यक सुरक्षासहित आवास स्थलसम्म पुर्‍याउन सोमबार पूर्वअभ्यास गरिएको छ । 


यही भदौ १४ र १५ गते काठमाडौँमा हुने सम्मेलनमा भाग लिन आउने विदेशी विशिष्ट तथा अति विशिष्ट पाहुनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि पाहुना बस्ने होटल, सम्मेलनस्थलदेखि उनीहरु जाने स्थानसम्म पूर्वअभ्यास गरिएको हो।

नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा उक्त पूर्वअभ्यास भएको थियो। सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, थाइल्याण्ड, श्रीलङ्का, म्यान्मा, भुटानका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी हुनेछन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक मनोज न्यौपानेले सरकारले तोकेअनुसार विशिष्ट र अति विशिष्ट पाहुनाको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।

'व्यक्ति अनुसारको सम्मानका लागि छुट्टाछुट्टै सुरक्षा व्यवस्था तयार गरेका छौँ,' उनले भने। गृह मन्त्रालयले सम्मेलनमा भाग लिन आउने पाहुनालाई अति विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि-२०७० अनुसार सुरक्षा योजना तयार गरेको जनाएको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख न्यौपानेले बिमस्टेक सम्मेलनको लागि आवश्यक सुरक्षा व्यवस्था पूरा भएको जानकारी दिए।

प्रकाशित : भाद्र ११, २०७५ १५:३३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT