२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

टिपर दुर्घटनामा एकको मृत्यु

हरिहरसिंह राठौर

धादिङ — गएराति पृथ्वी राजमार्गमा भएको टिपर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता छन् । टिपरमा सवार अन्य तीन जना भने घाइते छन् ।

टिपर दुर्घटनामा एकको मृत्यु

गजुरी गाउँपालिका–६ स्थित पोखरे खोलामा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा४खा७७८१ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिव २०० मिटर तल खसी त्रिशुली नदीमा बेपत्ता भएको देवीदत्त गण गजुरीले जनाएको छ ।


मृत्यु हुनेमा टिपरमा सवार गजुरी गाउँपालीका बस्ने २२ वर्षीय केशर पुलामी रहेका छन् । दुर्घटनास्थलबाट उद्दार गरी उपचारका लागि लैजाँदै गर्दा पुलामीको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।


यस्तै सोही स्थान बस्ने अन्दाजी २१ वर्षका रामकृष्ण भुजेल बेपत्ता भएका छन् । टिपरका चालक श्याम मगर र टिपरमा सवार अन्य दुई जनाको भने गजुरी अस्पतालमा उपचार भइरहेको छ । टिपरमा सवार सबै गजुरी गाउँपालिका-६का रहेको खुलेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?