डोजर दुर्घटनामा चालकसहित २ को मृत्यु, १ घाइते

राजकुमार कार्की

सिन्धुली — कमलामाई नगरपालिका १ को डाँडीगुराँसेको चनौटेमा बुधबार जेसीबी डोजर दुर्घटनामा २ को मृत्यु भएको छ । निर्माणाधीन धरान-चतरा-हेटौंडा सडकको ट्रयाक सडकमा गुड्दै गरेको बा २ क ३२०५ नं को जेसीबी दुर्घटना हुँदा धनुषाको मिथिला नगरपालिका १० लालगढका ३० वर्षीय सन्तोष रिजाल र सिन्धुलीको तीनपाटन गाउँपालिका ५ का २५ वर्षीय कमल बोगटीको मृत्यु भएको हो ।

डोजर दुर्घटनामा चालकसहित २ को मृत्यु, १ घाइते

मृतक रिजाल जेसीवीका चालक हुन् ।


जेसीबीमै रहेका तीनपाटन गाउँपालिका ५ कै २४ वर्षीय गणेश थापा दुर्घटनामा गम्भीर घाइते भएका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिए । उनलाई उपचारार्थ काठमाडौं लगिएको छ ।


जेसीबी सडकबाट करिब २० मिटर तल खसेको थियो । डिआर कन्स्ट्रक्सन जेभीले उक्त खण्डमा काम गरिरहेको छ ।

प्रकाशित : भाद्र १३, २०७५ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?