कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

दफावार छलफल सुरु

हेटौंडा — प्रदेशसभाले विभिन्न समितिमा पठाएका विधेयकमाथिको दफावार छलफल थालिएको छ । शिक्षा, स्वास्थ्य, कृषि समितिले प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयकमाथिको दफावार छलफलका लागि बुधबार बैठक बोलाएको छ । विधेयकमा ११ वटा संशोधन परेका छन् ।

दफावार छलफल सुरु

साउन ३१ गतेको बैठकले दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाए पनि बैठक नबसेको कारण हुन सकेको थिएन । समिति सभापति घनश्याम दाहालले बुधबार बैठक बोलाएको बताए । यता, प्रदेश मामिला समितिले १६ गते प्रदेशसभा सचिवालयको व्यवस्थापन गर्न बनेको विधेयकमाथि छलफल गर्न बैठक बोलाएको समितिका सचिव गोपीकृष्ण श्रेष्ठले जानकारी दिए ।


भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको कारण समितिको बैठक बस्न सकेको थिएन । प्रदेश संस्था दर्तासम्बन्धी कानुनी व्यवस्था गर्न बनेको विधेयक, प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर संशोधनसमेत दर्ता भइसकेका छन् ।


प्रदेशसभा १७ भदौमा
भदौ १ गतेबाट अर्को सूचना जारी नभएसम्मका लागि भन्दै स्थगित भएको बैठक १७ गते बस्ने तयारी प्रदेशसभाले गरेको छ । विभिन्न विषयग समितिले दफावार छलफल टुंग्याएर प्रतिवेदन तयारी गरे बैठक बस्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए । ‘समितिले दफावार छलफल टुंग्याएर प्रतिवेदन तयार गरे १७ गते बस्ने कुरा छ,’ सभामुख श्रेष्ठले भने, ‘नत्र केही दिन ढिला हुन सक्छ ।’


प्रदेशसभा सदस्यहरू अस्थायी राजधानी हेटौंडामा नरहेकाले उनीहरूको अनुकूलतामा बैठक बस्दै आएको छ । बैठक सकिएलगत्तै उनीहरू काठमाडौं वा गृह जिल्ला जाने गर्छन् । मकवानपुरका केही बाहेक कोही पनि प्रदेशसभा सदस्य हेटौंडा बस्ने गरेका छैनन् ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?