३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निकुञ्जकाे हात्तीले अाफ्नै माहुते मार्‍यो

रमेशकुमार पौडेल

चितवन — चितवन राष्ट्रिय निकुञ्जकाे एउटा हात्तीले बिहीबार बिहान अाफ्नै माहुतेलाई अाक्रमण गरेर मारेकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठाैरका अनुसार मृत्यु हुनेमा सुनसरी कुसाहा-८ का २७ वर्षीय बुहारीलाल सरदार रहेका छन् ।   

निकुञ्जकाे हात्तीले अाफ्नै माहुते मार्‍यो

उनले भदाै ५ गतेबाट निकुञ्जमा करारमा सेवा सुरू गरेका थिए ।


चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार निकुञ्जकाे पूर्वी सेक्टर कार्यालय साैराहाकाे हात्तीसारकाे भाले हात्ती माेतिप्रसादले बुहारीलाललाई अाक्रमण गरेकाे हाे । घाँस लिन हात्तीसँगै जंगल गएर फर्कँदै गर्दा बाटाेमा अाक्रमण गरेकाे अर्यालले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ ०९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?