कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दोलखावासीलाई तामाकोसीको सेयरमा आवेदन दिन एक साता थप

दोलखा — माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको दोलखा जिल्लावासीले पाउने सेयर आवेदनको म्याद एक साता बढाइएको छ । साउन १६ गतेदेखि भदौ १४ गतेसम्मलाई आवेदन खुला गरिएकामा बिहीबार बिहान बसेको धितोपत्र बोर्डको बैठकले एक साता म्याद थप्ने निर्णय गरेको हो ।

दोलखावासीलाई तामाकोसीको सेयरमा आवेदन दिन एक साता थप

सेयरमा दोलखा जिल्लावासीको उत्साहपूर्ण सहभागीता र मागका आधारमा आवेदनको अवधी थपिएको आयोजना प्रमुख विज्ञान श्रेष्ठले बताए ।

हालसम्म कम्युटरकृत भएका तथ्याङ्क अनुसार करिब एक लाख ६५ हजार दोलखालीले सेयर आवेदन गरेका छन् । दोलखालीसँग एक अर्व पाँच करोड ९० लाख रुपैयाँ बराबरका सेयर आवेदन मागिएकामा दुई अर्व ६५ करोड रुपैयाँ जति संकलन भैसकेको छ । ग्रामीण भेगमा भरिएका फारमहरु कम्युटरकृत हुन बाँकी छ ।

जिल्लाको २१ वटा संकलन केन्द्रमा विहिवार रातीसम्म भीड भएकाले सेयर अवधि वढाउनुपर्ने दावाव आएको थियो । जिल्ला समन्वय समितिको बैठक र नागरिकको चाहनाअनुरुप एक साता म्याद थपिएको आयोजनाको भनाई छ ।

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सेयर हाल्न नागरिकता दिनका लागि जिल्ला प्रशासन कार्यालयमा भएको भीड । तस्बिर: राजेन्द्र मानन्धर/कान्तिपुर


प्रकाशित : भाद्र १४, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?