कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

टीकाप्रसाद भट्ट

रामेछाप — खिम्ती खोलामा आएको बाढीले सडक बगाएपछि अवरुद्ध भएको खिम्ती-फर्पु सडक शनिबार बिहानबाट सञ्चालनमा आएको छ । उक्त सडक सातायता अवरुद्ध थियो ।

सातापछि खुल्यो खिम्ती–फर्पु सडक

खिम्तीमा आएको बाढीले छतिवने खोलादेखि खिम्तीसम्मको सडकखण्ड बगाएपछि अवरुद्ध भएको सडक गोकुलगंगा गाउँपालिकाले खुलाएको हो । खिम्ती किनारमा ढुंगा भरेर अस्थायी रुपमा यातायात सञ्चालनमा ल्याइएको गाउँपालिकाका सव–इन्जिनियर रामजी थापाले बताएका छन् । खिम्तीमा बाढीको प्रवाह घटेपछि किनारबाट सडक खोल्न संभव भएको हो ।


सडक अवरुद्ध हुँदा रामेछापको गोकुलगंगा र उमाकुण्ड गाउँपालिका तर्फको यातायात सेवा ठप्प भएको थियो । दुवै गाउँपालिका जानका लागि दोलखाको जिरी घुम्नु पर्ने बाध्यता थियो । जिरीबाट घुमेर जान झण्डै आधा दिन बढी लाग्छ ।


गतवर्ष पनि खिम्ती र छटिवनेको बाढीले उक्त खण्ड बगाएको थियो । उमाकुण्ड र गोकुलगंगाको झण्डै २७ लाख लगानीमा एक महिनापछि अस्थायी रुपमा सडक सञ्चालनमा आएको थियो ।


खिम्तीदेखि फर्पुसम्मको कठिन भू-वनोटका कारण वैकल्पिक स्थानबाट सडक खोल्न कठिन छ । खिम्तीकै किनारभन्दा अर्को विकल्प नभएकाले हरेक वर्ष अस्थायी रुपमा सडक बनाउनु परेको हो ।

प्रकाशित : भाद्र १६, २०७५ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?