२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

राजकुमार कार्की

सिन्धुली — नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सरकारले अबको केही महिनामै काठमाडौंको हिलो र धुलो निमिट्यान्न पार्ने बताएका छन् ।

केही महिनामै काठमाडौंको धुलो र हिलो निमिट्यान्न : अध्यक्ष दाहाल

सिन्धुलीको मरिण गाउँपालिकाको वडा नं ३ र ४ जोड्ने मरिणखोलामा निर्माण सम्पन्न भएको पक्की पुलको बुधबार उद्घाटन गर्दै अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच विकास निर्माणका विषयमा छलफल भैरहेकाले अब विकास निर्माणका कामले गती लिने दाबी गरे । अब विकासमा छलाङ हान्ने बेला भएको भन्दै अध्यक्ष दाहालले रोजगारीका अवसर सिर्जना गरी मुलकलाइ समृद्ध बनाउने बताए ।


सरकार बनेको ६ महिना बढी बित्दा पनि जनतामा कामै नगरेको जस्तो देखाउन प्रतिक्रियावादी षड्यन्त्रकारीहरु लागि परेको अध्यक्ष दाहालको भनाइ थियो । निर्माण सम्पन्न गर्ने अवधिभन्दा डेढ वर्ष अघि नै पुल उद्घाटन गर्न पाउँदा हर्षित भएको भन्दै अध्यक्ष दाहालले ठेकेदार ठग र कर्मचारी घुस्याहा मात्र हुन्छन् भन्नेलाइ सबक मिलेको बताए ।


राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्डित गर्ने परम्पराको अब थालनी भएको उनले घोषणा गरे । चारसय मीटर लामो पुल समयावधी अघि नै निर्माण सम्पन्न गर्ने कालिका, तुन्डी, रसुवा जेभीलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्ने अध्यक्ष दाहालले जनाए ।


प्रधानमन्त्री भएको समयमा पुलको शिलान्याश गर्दा नै अध्यक्ष दाहालले समयअघि निर्माण सम्पन्न गरे निर्माण कम्पनीलाइ पुरस्कृत गर्ने घोषणा गरेका थिए । सोही कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वर्तमान सरकारले पाच वर्ष भित्रमा एकहजार वटा पक्की पुल र १० हजार किलोमीटर कालोपत्र सडक निर्माण गर्ने सुनाए ।


प्रकाशित : भाद्र २०, २०७५ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?