कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

राजधानीबाहिर स्तनपान कक्ष

हेटौंडा — महिला कर्मचारीको सहजताका लागि हेटौंडामा स्तनपान कक्ष स्थापना गरिएको छ । जिल्लामा पहिलो पटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले कक्ष स्थापना गरेको हो ।

राजधानीबाहिर स्तनपान कक्ष

बोर्डका कर्मचारी, उपभोक्ता र आसपासस्थित सरकारी कार्यालयका महिला कर्मचारीको सहजताका लागि कक्ष स्थापना गरेको बोर्डका कार्यकारी निर्देशक सुदर्शन ढकालले बताए । बेडसहितको उक्त कक्षमा तातो चिसो पानीको व्यवस्था छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत कक्ष स्थापना गरेको बोर्डले जनाएको । हेटौंडा उपमहानगरपालिका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका थिए । उनले कक्ष व्यवस्थित गरेकोमा आभार प्रकट गर्दै स्तनपान महिलाको अधिकारको विषय भएको तर्क गरे ।

सरकारले सरकारी तथा गैरसरकारी संस्थाहरूमा स्तनपान कक्ष राख्न निर्देशन गरेको छ । आमाले स्तनपान गराउने र शिशुले स्तनपान गर्न पाउने आधारभूत जन्मसिद्ध अधिकार हो । उक्त अधिकारको सम्मान गर्दै हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले स्तनपान कक्ष स्थापना गरेको जनाएको छ । प्रदेश ३ को १३ वटा जिल्लामध्ये काठमाडांैस्थित स्वास्थ्य विभागमा स्तनपान कक्ष राखिएको छ ।

प्रकाशित : भाद्र २१, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?