लागुऔषधसहित दुई पक्राउ

रासस

साँखु — प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ । 

महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोबारी हुनसक्ने आशङ्कामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको हो ।

Yamaha

प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजोपाम १५३ पिस, फ्यानजान १५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १२० एम्बुल लागुऔषध बरामद भएको हो ।उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे निरीक्षक खनाललेबताए ।

Esewa Pasal

प्रकाशित : भाद्र २१, २०७५ १३:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

सिंहदरबार प्रवेशमा कडाइ

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले सिंहदरबार प्रवेशमा कडाइ गर्न थालेको छ । सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सिंहदरबार प्रवेश गर्नेहरुलाई चेकिङ गर्न थालिएको हाे ।

त्यहाँ कार्यरत एक प्रहरी अधिकारीका अनुसार गृहसचिवको निर्देशनमा चेकिङमा कडाइ गरिएको हो।

चेकिङ कडा पारिएपछि सिंहदरबार प्रवेश गर्ने दक्षिण गेटमा ट्राफिक जाम बढेको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले मन्त्रालयकाे निर्देशनमा नभइ सामान्य चेकिङ भइरहेकाे बताए।

प्रकाशित : भाद्र २१, २०७५ १२:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT