कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

रमेशकुमार पौडेल

चितवन — पूर्वपश्चिम महेन्द्र राजमार्गको राप्ती नगरपालिका–३ झुरझुरेमा बिहीबार राति साढे ८ बजे तेल बोक्ने ट्याङ्कर र मोटरसाइकल ठक्कर खाँदा दुईजनाको मृत्यु भएको छ ।

ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार निधन हुनेमा दुवैजना मोटरसाइकल चढेका व्यक्ति हुन् ।


पश्चिम नारायणगढबाट पुर्व तर्फ जाँदै गरेको ना ३ ख ८५३९ नम्बरको तेल ट्याङ्करसँग ग ५ प ६२६० नम्बरको मोटरसाइकल ठोक्किदा बारा जितपुर–१६ का ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ का ३४ वर्षीय जितबहादुर स्यान्ताङको निधन भएको प्रहरीले जनाएको छ ।


दुर्घटनापछि घाइते भएका उनीहरूलाई उपचारका लागि भरतपुरतर्फ ल्याइदै थियो । अस्पताल नल्याउँदै बाटोमा नै उनीहरूको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : भाद्र २२, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?