कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तीजको दर खाँदा साढे तीन सय बिरामी

नगेन्द्र अधिकारी

काभ्रे — तीजको दर खाँदा पाँचखाल–१२  कास्कोटेमा करिब साढे तीनसय जना बिरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

तीजको दर खाँदा साढे तीन सय बिरामी

आयोजकले प्रहरीलाई दिएको जानकारी अनुसार करिब ४ सय जनाले दर खाएकोमा ९० प्रतिशत बिरामी परेका छन् । गिरीका अनुसार १ सय ८० जनालाई प्रहरी, नगरपालिका र स्थानीयको सहयोगमा धुलिखेल अस्पताल, शीर मेमोरियल अस्पताल, पाँचखालस्थित प्राथमिक स्वाथ्य चौकी र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।

जिल्लाका अस्पताल भरिभराउ भएपछि बिरामीहरुलाई परिवारका सदस्यको सहयोगमा काठमाडौं लगायतका अस्पतालमा लगिएको छ । स्थान अभावमा भुईँमा नै राखेर उपचार भइरहेको छ ।


पाँचखाल नगरपालिकाले स्थानीय जनभावना प्राविमा स्वास्थ्य शिविर सञ्चालन गरेको नगरप्रमुख महेश खरेलले जानकारी दिए । धुलिखेल अस्पतालले पनि प्राविधिक सहयोग गरेको छ ।

घटनास्थलमा नै रहेका प्रमुख खरेलका अनुसार, केराउको अचार खाएकाहरु बिरामी परेका छन् । प्रहरीले कार्यक्रमस्थलमा बाँकी रहेको खानेकुराको नमूना संकलन गरेका छ । प्रयोगशाला परीक्षण पछि मात्रै यसै भन्न सकिने प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

प्रकाशित : भाद्र २३, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?