वागमती

Pradesh-3

आगम्छे बनाउन विदेशीलाई नदिइने

हनुमानढोका दरबारभित्रको गोप्य मन्दिरमध्येमा पर्ने आगम्छे निर्माण गर्न अब विदेशीलाई नदिइने भएको छ । पुरातत्त्व विभागले जापानलाई दिने तयार पारेको आगम्छेको सम्पदा अभियन्ता, जनप्रतिनिधि लगायतको विरोध भएपछि विभाग पछि हटेको हो ।

आगम्छे बनाउन विदेशीलाई नदिइने

बिरामी नलिएकामा छानबिन माग

सर्पले टोकेर ३ वर्षीय बालकको उपचार हुन नसकेको विषयमा अस्पतालहरूमाथि छानबिन गरी कारबाहीको माग गर्दै आइतबार चितवन जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइएको छ ।

बिरामी नलिएकामा छानबिन माग
भाद्र २४, २०७५

चिरा परेकै घरमा बास

भूकम्पपीडितले ४० महिना बितिसक्दा पनि भत्केका आफ्ना घर मर्मत गर्न पाएका छैनन् । भूकम्पबाट सामान्य क्षति भएका घरलाई प्रबलीकरण (मर्मत) गरी बस्न योग्य बनाउने गरी राष्ट्रि्रय पुनर्निर्माण प्राधिकरणबाट निर्णय भएका घर पनि मर्मत हुन नसकेका हुन् ।

चिरा परेकै घरमा बास

कहाँ छन् साढे तीन सय महिला र बालबालिका ?

मकवानपुरको सुदुरपूर्वमा पर्ने वाग्मती गाउँपालिकास्थित राईगाउँ—१ की विवाहित २५ वर्षीया सरस्वती राई र २३ वर्षीया जमुना थिङ घरबाट हेटौंडा घुम्न आएको डेढ महिना भइसक्यो । अहिलेसम्म उनीहरू घर फर्केका छैनन् । असार १ मा उनीहरू घरबाट निस्केका थिए ।

कहाँ छन् साढे तीन सय महिला र बालबालिका ?

चेपाङले मनाए सामूहिक छोनाम

चेपाङ समुदायको सबैभन्दा महत्त्वपूर्ण र ठूलो धार्मिक पूजा छोनाम (न्वाँगी) पर्व सामूहिक रूपमा मनाइएको छ । अन्य समुदायको प्रभाव र धर्म परिवर्तनले आफ्नो संस्कृति र पहिचानमा समस्या भएको भन्दै नेपाल चेपाङ संघको सक्रियतामा केही वर्षदेखि सामूहिक छोनाम मनाउन थालिएको हो ।

चेपाङले मनाए सामूहिक छोनाम
भाद्र २३, २०७५

तीजको दर खाँदा साढे तीन सय बिरामी

तीजको दर खाँदा पाँचखाल–१२  कास्कोटेमा करिब साढे तीनसय जना बिरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बी बहुउद्धेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रमा दर खाएका साढे तीन सय जना बिरामी परेको जिल्ला प्रहरी कार्यलय काभ्रेका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

तीजको दर खाँदा साढे तीन सय बिरामी