१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

मलामी गएका दुई जना सुनकोशीमा बेपत्ता

रासस

बनेपा — काभ्रेमा सुनकोशी नदीले बगाउँदा सोमबार दुई जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार चौरीदेउराली गाउँपालिका–८ का १४ वर्षीय प्रदीप पहरी र सोही ठाउँका १८ वर्षीय आशिष पहरीलाई पौडी खेल्ने क्रममा सुनकोशीले बगाएको हो ।

मलामी गएका दुई जना सुनकोशीमा बेपत्ता

गाउँकै सुनिल पहरीको मलामी गएका दुवै जना महादेवस्थान नजिकबाट पौडी खेल्ने क्रममा बगेका हुन् ।


इलाका प्रहरी कार्यालय कात्तिके देउरालीबाट प्रहरी निरीक्षक कञ्चन राजचल नेतृत्वको टोली तथा स्थानीयवासी उनीहरुको खोजीकार्यमा जुटेका छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?