कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

बलात्कारविरुद्ध स्कुलमा जनचेतना

बालिका र दुई अपांगता भएका महिला बलात्कृत

हेटौंडा — प्रदेश ३ का प्रदेश प्रहरी कार्यालयले यौनजन्य अपराधका घटना दैनिक रूपमा बढ्दै गएकाले यस्ता घटना नियन्त्रण र न्यूनीकरण गर्न सोमबारदेखि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बलात्कारविरुद्ध स्कुलमा जनचेतना

प्रदेशका सबै स्कुलमा प्रहरीले यौनजन्य अपराधका घटनाका बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा १ देखि १२ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराउने लक्ष्य छ ।

यौनजन्य घटना आफन्त नातेदार, छरछिमेक, शिक्षक वर्ग, अभिभावक एव प्रत्यक्ष अप्रत्यक्ष रूपमा चिनजान भएका व्यक्तिहरूबाट हुने गरेको छ पनि आंैल्याइएको छ । ती घटनाबाट बालबालिकाहरू नै पीडित हुने गरेको देखिएकाले स्कुल/स्कुलमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रदेश ३ प्रदेश प्रहरी कार्यालयका सम्पर्क अधिकृत प्रहरी निरीक्षक रोशन थापाले बताए ।

प्रदेश प्रहरीले मातहतका १० वटा जिल्लाका विद्यालयमा स्थानीय तहसँग समन्वय गरेर यौनजन्य अपराध नियन्त्रण र न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । ‘स्कुल स्कुलमा प्रहरी कार्यक्रम’ सञ्चालन गरेर यौनजन्य अपराधलाई नियन्त्रण एव न्यूनीकरण गर्ने उसको योजना छ । हेटौंडाको प्रहरीले हेटौडा १ चाइना क्वाटरस्थित अमर माध्यमिक विद्यालयका विद्यार्थीलाई सोमबार जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

बाबुद्वारा बालिका बलात्कृत
नयाँ संहिता लागू भएपछि मकवानपुरमा तीन वटा बलात्कारका मुद्दा दर्ता भएका छन् । तीन वटा घटनामा २ वटा अपांग किशोरी र महिलामाथि बलात्कार भएको छ । बालिकामाथि बाबुले नै बलात्कार गरेका छन् । हेटांैडा उपमहागनगरपालिका पदमपोखरीकी १२ वर्षीया छोरीलाई ३८ वर्षीय बुबाले बलात्कार गरेका छन् । वैशाखदेखि बाबुले उनलाई बलात्कार गर्दै आएका थिए ।

बाबुले पटक/पटक दिएको पीडा सहन नसकेर बालिकाले छिमेकी साथीलाई भनेकी थिइन् । साथीको माध्यमबाट उक्त घटना सार्वजनिक भएपछि बाबु फरार छन् । चार कक्षामा अध्ययन गर्ने बालिकाकी आमाले एक वर्षअघि दोस्रो विवाह गरेर उनलाई छाडेकी थिइन् । बाबुले अर्की आमा ल्याएका छन् । प्रहरीले बलात्कारी बाबुको खोजी गरिरहेको छ ।

यस्तै, हेटाैंडा उपमहानगरपालिका बसामाडीकी ४३ वर्षीया अपांगता भएकी महिलालाई छिमेकीले नै बलात्कार गरेका छन् । भदौ २ गते घर छेउका कुवामा लुगा धुन गएको बेला ३३ वर्षीय राजाराम नेपालीले बलात्कार गरेका थिए । नेपालीलाई प्रहरीले पक्राउ गरेर जबरजस्ती करणी मुद्दा चलाएको छ । आमालाई बलात्कार गरेको छोरीले देखेकी थिइन् । अपांगता भएकी महिलाको चार जना छोराछोरी छन् ।

बलात्कार भएपछि हेटौंडा अस्पतालमा स्वास्थ्य परीक्षण गर्ने क्रममा उनी आङ खस्ने रोगबाट पीडित भएको पनि खुलेको छ । उनको हेटाैंडा अस्पतालमा उपचार गरिएको थियो । यस्तै, आठ कक्षामा अध्ययन गर्ने एक अपांगता भएकी छात्रालाई हेटौंडा बसामाडीका ५० वर्षीय शालिक बर्तौलाले बलात्कार गरेका छन् ।

उपचार गर्न भनेर काठमाडाैंमा लगेर छात्रालाई होटलमा राखेर बलात्कार गरेका छन् । घर फर्केपछि उनले आफन्तलाई आफू बलात्कृत भएको जानकारी गराएका थिए । आफन्तले प्रहरीमा उजुरी दिएको थाहा पाएर बर्तौला फरार छन् ।

प्रकाशित : भाद्र २६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?